प्रधानमन्त्रीलाई दुर्गा प्रसाईको पत्र : बीएण्डसी कलेजलाई की सम्बन्धन दिइयोस्, की बन्द गरियोस्
हेल्थ टिभी अनलाइन \काठमाडौं : झापास्थित बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले कलेजलाई की सम्बन्धन दिन, की सरकारले चलाउन पर्ने र की बन्द गर्नका लागि माग गर्दै प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
प्रसाईले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बीएण्डसी सधैं टाउको दुखाई भएको भन्दै तीनवटा विकल्प अघि सारेका हुन्। उनले पत्रकार सम्मेलनमा बोल्दै बीएण्डसीले सम्पूर्ण मापदण्ड पूरा गर्दा पनि सम्बन्धन पाउन नसकेको भन्दै अब भने सरकारले विकल्प खोज्नपर्ने बताएका हुन्।
उनले प्रधानमन्त्रीलाई यस विषयमा ध्यानाकर्षण समेत गराउँदै छिटै निर्णय लिन आग्रह गरेका छन्। उनले भने, ‘की मेरो कलेज सरकारले किनेर चलाओस्, की मलाई सम्बन्धन दिइयोस् चलाउनका लागि वा सधैंका लागि बन्द गरियोस्। यो झन्झट र अलमलमा अब कति बस्नु ?’
बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन नदिनका लागि एउटा गिरोह नै लागेको र त्यही गिरोहका कारण आफूले सम्बन्धन नपाएको समेत उनले आरोप लगाए । उनले भने, देशमै केही गर्छु, डाक्टर उत्पादन गर्छु भन्दा पनि नपाइने हो भने म मेरो कलेज सरकारलाई दिन तयार छु, सरकारले चलाओस्।’
८ वर्ष अघि नै मनसाय पत्र पाएर पूर्वाधार तयार पारेर सम्पूर्ण प्रक्रिया पूरा गर्दा पनि सम्बन्धन पाउन नसक्दा करोडौं रकम नोक्सानी भएको समेत उनले जिकीर गरे । झण्डै सात सय करोड लगानी भइसकेको उनको दावी छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण