Health TV Online
Health TV Online
Health TV Online

आजदेखि काठमाडौं उपत्यकामा चल्न थाले सार्वजनिक यातायात

आजदेखि काठमाडौं उपत्यकामा चल्न थाले सार्वजनिक यातायात

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात चल्न थालेका छन्।

सोमबार उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा आजदेखि जोर विजोर प्रणाली अन्तर्गत सार्वजनिक यातायात चल्न दिने भन्ने निर्णय गरे लगत्तै आजदेखि सार्वजनिक यातायात चल्न थालेका हुन्। बैठकले २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यातायातलाई मात्र सञ्चालनको अनुमति दिएको छ । अन्यको हकमा भने चलाउन पाइने छैन्।

स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र भौतिक दूरी कायम गरी सवारी साधन सञ्चालन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यसका साथै चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने समेत उल्लेख गरिएको छ । सवारीसाधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ।

त्यसो त एक साताअघिदेखि नीजि सवारीसाधन र ट्याक्सीलाई पनि जोर विजोर प्रणाली अनतर्गत चलाउन अनुमति दिइएको थियो । योसँगै दुई महिनादेखि बन्द रहेका सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आएका हुन्।

सरकारले गत वैशाख १६ गतेदेखि कोरोना नियन्त्रणका लागि भन्दै निषेधाज्ञा शुरु गरेको हो ।

थप समाचार