२४ घण्टामा ९ हजार ८३६ परीक्षण, १९२० जनामा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८३६ जनामा परीक्षण गरिएकोमा १९ सय २० जनामा कोरोना संक्रमण देखिएको हो । यसैगरी गत २४ घण्टामा ३ हजार ७ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ९ हजार ९ पुगेको छ ।
हाल देशभर ४० हजार ३३६ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ३७ हजार ४८९ जना होम आइसोलेसनमा छन् भने २ हजार ८४७ जना संस्थागत आइसोलेसनमा रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण