एन्टिबायोटिक औषधिको दुरुपयोग नियन्त्रण गर्न नेपाल चिकित्सक संघको माग
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघले पछिल्लो समय एन्टिवायोटिक लगायतका गम्भीर किसिमका औषधिको दुरुपयोग बढ्दै गएको भन्दै सरकारलाई बेलैमा नियन्त्रण गर्न आग्रह गरेको छ ।
संघले शनिबार विज्ञप्ति जारी गरी एन्टिमाइक्रोविएल्स र एन्टिवायोटिक औषधिहरुको बढ्दो दुरुपयोग रोक्न नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिसविना यस्ता औषधि प्रयोगलाई पूर्ण रुपमा नियन्त्रण गर्न सरकारलाई आग्रह गरेको हो ।
संघका महसिचिव डा बद्री रिजालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिसविना एन्टिवायोटिक्स, स्टेरोइड्स, लगायतका गम्भीर किसिमका एलोपेथिक औषधिहरुको प्रयोगलाई पूर्ण रुपमा निषेध गर्नका लागि अविलम्ब अनुगमन गरी नियन्त्रणका उपाय अपनाउनुपर्नेछ ।’
संघले वैज्ञानिक रुपमा प्रमाणीकरण नभएका उपचार पद्धतिको अस्वाभाविक प्रचार प्रसार रोक्न पनि माग गरेको छ । त्यस्तै सम्बन्धित काउन्सिलमा दर्ता नभएका व्यक्तिले चिकित्सक हुँ भनी उपचार प्रक्रियामा पनि समावेश हुनेहरुमाथि छानबिन गर्न र रोक लगाउन पनि संघले माग गरेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित