बाढी प्रभावित नागरिकलाई कोरोना खोपको प्राथमिकतामा राखेका छौं : स्वास्थ्यमन्त्री
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले बाढी प्रभावित नागरिकहरुलाई कोरोना विरुद्धको खोप दिनका लागि पहिलो प्राथमिकतामा राखेको जनाएको छ ।
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण गोपाल श्रेष्ठले सिन्धुाल्चोक लगायतका विभिन्न स्थानका बाढी प्रभावित नागरिकहरु कोरोना संक्रमणको जाखिममा रहेको भन्दै उनीहरुलाई खोप दिने तयारी गरेको जनाएका हुन्। उनले शुक्रबार स्वास्थ्यमन्त्रीका रुपमा पदवहाली गर्दै यस्तो बताएका हुन्। बाढीका कारण ठूलो संख्यामा नागरिकहरु घरबारविहिन भएपछि स्कूल तथा टहरोमा समूहमा बसिरहेका छन्। समूहमा बस्दा कोरोना संक्रमणको जोखिम उच्च हुने भएकाले पनि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
एक साताअघि सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा जनधनको ठूलो क्षति हुने गरी बाढीपहिरो गएको थियो । सरकारले यही असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा नागरिकलाई दिंदैछ । यही क्रममा उनीहरुलाई पनि खोप दिने तयारी भएको जनाइएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित