काठमाडौं उपत्यकामा निषेधाज्ञा : अबदेखि बार अनुसार पसल खुल्ने
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा एक साता पुन निेषधाज्ञा थप गएिको छ । तर यसपटकको निषेधाज्ञा निकै खुकुलो गर्ने गरी जारी गरिएको छ ।
आज उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सिडियोहरुको बैठकले मंगलबारदेखि लागू हुने गरी निषेधाज्ञा केही खुकुलो गर्दै एक साता अर्थात असार १४ सम्म थप्ने निर्णय गरेको हो । यसपटक बार अनुसार पसलहरु पनि खुल्न पाउने छन्।
डिपार्टमेन्टल स्टोर, खेलकुद सामग्री पसल, फेन्सी, कस्मेटिक पसल गिफ्ट आइटम, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ देखि ४ बजेसम्म खुल्न दिइनेछ । यसैगरी सुनचाँदी पसल, भाँडा, भान्साजन्य अटोमोबाइल, मोबाइल कम्युटर पसल, आइतबार, मंगलबार र बिहिबार खुल्न पाउने छन्।
खाद्यान्न तथा फलफूल पसलहरु बिहान ११ बजेसम्म दैनिक रुपमा खोल्न पाइनेछ । यसैगरी ट्याक्सी र नीजि सवारीसाधनमा जोर विजोर प्रणाली लागू गरिएको छ । सार्र्वजनिक यातायात भने चल्न पाउने छैनन्।
कोरोनाको संक्रमण दरमा कमी आएपछि बिस्तारै निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्दै केही खुकुलो बनाउँदै लगिएको काठमाडौंका सिडियो कालीप्रसाद पराजुलीले बताए । यो निषेधाज्ञा असार १४ सम्म जारी रहनेछ ।
कोरोनाको दोस्रो वेभलाई नियन्त्रण गर्न भन्दै सरकारले काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको हो ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित