असार दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’ लागू गर्दै सरकार
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना महामारी नियन्त्रण गर्नका लागि जारी गरिएको लकडाउनमा अब भने केही परिवर्तन हुने भएको छ । बुधबार बसेको कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेको छ । बैठकले अहिले भइरहेको निषेधाज्ञालाई पनि जारी राख्दै स्वास्थ्य मन्त्रालयले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गरेर केही क्षेत्रहरु खोल्ने निर्णय गरेको हो ।
यसैगरी बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटल क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । यो क्रममा क्वारेनटाइन बसेको १० दिनसम्मको खर्च सरकारले दिने भएको छ ।
उता कतार, दुबई, साउदी अरब, मलेसिया, जापान लगायतका देशमा हवाइ उडान सिमित मात्रामा सूचारु गर्ने समेत निर्णय गरेको छ । यी देशहरुबाट सातामा दुई हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छन् ।
समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जोखिम नहुने हदसम्म सबै मापदण्ड पालना गरेर मात्र लकडाउन खोल्न सकिने बताएका थिए ।
हाल देशका अधिकांंश स्थानमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै लकडाउन गरिएको छ । उपत्यकामा गत वैशाख १६ देखि लकडाउन शुरु भएको थियो । जुन आसर ७ गते सम्म जारी छ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने