Health TV Online
Health TV Online
Health TV Online

असार दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’ लागू गर्दै सरकार

असार दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’ लागू गर्दै सरकार

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना महामारी नियन्त्रण गर्नका लागि जारी गरिएको लकडाउनमा अब भने केही परिवर्तन हुने भएको छ । बुधबार बसेको कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेको छ । बैठकले अहिले भइरहेको निषेधाज्ञालाई पनि जारी राख्दै स्वास्थ्य मन्त्रालयले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गरेर केही क्षेत्रहरु खोल्ने निर्णय गरेको हो ।

यसैगरी बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटल क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । यो क्रममा क्वारेनटाइन बसेको १० दिनसम्मको खर्च सरकारले दिने भएको छ ।

उता कतार, दुबई, साउदी अरब, मलेसिया, जापान लगायतका देशमा हवाइ उडान सिमित मात्रामा सूचारु गर्ने समेत निर्णय गरेको छ । यी देशहरुबाट सातामा दुई हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छन् ।

समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जोखिम नहुने हदसम्म सबै मापदण्ड पालना गरेर मात्र लकडाउन खोल्न सकिने बताएका थिए ।

हाल देशका अधिकांंश स्थानमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै लकडाउन गरिएको छ । उपत्यकामा गत वैशाख १६ देखि लकडाउन शुरु भएको थियो । जुन आसर ७ गते सम्म जारी छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार