बीएम फाउन्डेशन र रोटरी क्लवद्धारा दुई नगर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
हेल्थ टिभी अनलाइन \काठमाडौं : बीएम फाउन्डेशन र रोटरी क्लव अफ काठमाडौं नर्थको संयुक्त पहलमा स्याङ्जाको दुई वटा नपरपालिकाका अस्पताललाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोरोना महामारी नियन्त्रणका लागि भन्दै चापाकोट र गल्याङ नगरपालिकाका अस्पताललाई स्वास्थ्य सामग्री वितरण गरिएको हो । । बुधबार छुट्टा छुट्टै कार्यक्रम गरी फाउन्डेशनका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले दुई नगरपालिकाका जनप्रतिनिधिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।
डा श्रेष्ठका अनुसार चापाकोट नगरपालिकालाई २ हजार ५०० थान मास्क, ५० थान फेस सिल्ड १० लिटर स्यानिटाइजर, १० वटा पल्स अक्सिमिटर, १० सेट पिपिई उपलव्ध गराइएको छ । यी सामग्रीहरु डा श्रेष्ठले सामग्री चापाकोटका मेयर शिवकुमार गिरीलाई हस्तान्तरण गरेका थिए । यसैगरी गल्याङ नगरपालिकालाई २ हजार ५ सय थान मास्क, १० थान पीपीई, १५ लिटर स्यानिटाइजर, १० वटा पल्स अक्सिमिटर उपलव्ध गराएको हो । गल्याङका मेयर भुपराज अधिकारी तथा स्वास्थ्य प्रमुख थानपति न्यौपानेलाई हस्तान्तरण गरिएको डा श्रेष्ठले बताए ।
कोरोना महामारीका बेला पनि यसरी जिल्लामा आएर सहयोग गरेको भन्दै नगरपालिका प्रमुखले फाउन्डेसन र रोटरी क्लबलाई धन्यवाद दिएका थिए ।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा