बीएम फाउन्डेशन र रोटरी क्लवद्धारा दुई नगर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
हेल्थ टिभी अनलाइन \काठमाडौं : बीएम फाउन्डेशन र रोटरी क्लव अफ काठमाडौं नर्थको संयुक्त पहलमा स्याङ्जाको दुई वटा नपरपालिकाका अस्पताललाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोरोना महामारी नियन्त्रणका लागि भन्दै चापाकोट र गल्याङ नगरपालिकाका अस्पताललाई स्वास्थ्य सामग्री वितरण गरिएको हो । । बुधबार छुट्टा छुट्टै कार्यक्रम गरी फाउन्डेशनका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले दुई नगरपालिकाका जनप्रतिनिधिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।
डा श्रेष्ठका अनुसार चापाकोट नगरपालिकालाई २ हजार ५०० थान मास्क, ५० थान फेस सिल्ड १० लिटर स्यानिटाइजर, १० वटा पल्स अक्सिमिटर, १० सेट पिपिई उपलव्ध गराइएको छ । यी सामग्रीहरु डा श्रेष्ठले सामग्री चापाकोटका मेयर शिवकुमार गिरीलाई हस्तान्तरण गरेका थिए । यसैगरी गल्याङ नगरपालिकालाई २ हजार ५ सय थान मास्क, १० थान पीपीई, १५ लिटर स्यानिटाइजर, १० वटा पल्स अक्सिमिटर उपलव्ध गराएको हो । गल्याङका मेयर भुपराज अधिकारी तथा स्वास्थ्य प्रमुख थानपति न्यौपानेलाई हस्तान्तरण गरिएको डा श्रेष्ठले बताए ।
कोरोना महामारीका बेला पनि यसरी जिल्लामा आएर सहयोग गरेको भन्दै नगरपालिका प्रमुखले फाउन्डेसन र रोटरी क्लबलाई धन्यवाद दिएका थिए ।






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित