Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

थप ४४७२ जनामा कोरोना पुष्टि, ९२ जनाको मृत्यु

थप ४४७२ जनामा कोरोना पुष्टि, ९२ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ९०३ जनाको कोरोना परीक्षण गरिएकोमा ४ हजार ४७२ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ५ लाख ९१ हजार ४९४ पुगेको छ । उता गत २४ घण्टामा ९२ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यहीवीच ६ हजार ९५१ जना संक्रमित भने संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

हाल देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ हजार ९९० पुगेको छ । मन्त्रालयका अनुसार आज आइसीयूमा १४३४ जना र ३९७ जना संक्रमितको उपचार भइरहेको छ । हाल देशभर ८५ हजार ५४४ जना सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार