Health TV Online
Health TV Online
Health TV Online

चुरोटले दिएको घाउ चुरोट विरुद्ध लागेर पुर्ने प्रयास गर्दै

चुरोटले दिएको घाउ चुरोट विरुद्ध लागेर पुर्ने प्रयास गर्दै

कल्पना आचार्य \काठमाडौं : काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाका स्थायी बासिन्दा ४१ वर्षीय प्रदीप सापकोटाले १३ वर्षकै उमेरमा चुरोट खान सिके । उनले किशोरावस्थामा शुरु गरेको त्यो खराब बानी पछि लत बन्यो । जसका कारण उनले आफनो उमेर ३५ वर्ष नपुग्दै मुखको क्यान्सरको शिकार बन्नु पर्यो । त्यसपछिको दुख त कति कति प्रदीप सुनाउँछन्।

प्रदीप सापकोटाको परिवार खेतीपाती गर्ने भएकाले उनी ८ कक्षा पढ्ने बेलादेखि काकासँगै खेतमा पानी लगाउन जान थाले । त्यही बेला राती खेतमा पानी लगाउन जाने बेलामा काकाले चुरोट खाने गरेको र काकासँगै आफूले पनि चुरोट खान सिकेको प्रदीप बताउँछन्। पहिलोपटक खाँदा उनलाई मन परेन रे । तर पछि काकाले ल सल्का त चुरोट भन्दै आफू पानी लगाउन जाने र आफूले त्यही क्रममा बिस्तारै रमाइलो मान्दै गएको बताए । त्यो क्रम बाहिर जाँदा मात्र हुन्थ्यो घरमा भने कसेैलाई थाहा नहुने उनको भनाई छ । खेतमा जाँदा काकासँग एक दुई सर्को लगाउने प्रदीपलाई अब कक्षा नौ मा पुग्ने बेलासम्म बानी परिसकेको थियो । उनी घरमा लुकीछिपी एक्लै चुरोट खान थाले ।

१० कक्षा पुग्ने बेलासम्म अब उनलाई यसको लत लागिसकेको थियो । १० कक्षामा ट्युसन पढ्न जाने नाममा घरबाट बाहिर साथीभाइसँग गएर चुरोट खान थालिसकेका थिए । अझ भनुँ उनलाई अब यो एक किसिमको लत नै भइसकेको थियो । जुन छोड्न चाहन्नथे । त्यसबेला पैसा नहुने त्यसैले पनि अनेक बहाना गरेर जम्मा पारेको पैसाले दैनिक ५\ ६ वटासम्म चुरोट खान थालिसकेको बताउँछन् उनी ।

एक सातामा बायोप्सीको रिपोर्ट आयो र म मा क्यान्सर पत्ता लाग्यो । अब भने उनी आफू छाँगाबाट खसे जस्तै भएको बताउँछन्। । रिपोर्ट लिएर भुईमा थचक्क बसेको अहिले पनि सम्झन्छन् प्रदीप । उनलाई अब आफू ३५ वर्षकै उमेरमा मर्ने भएँ भन्ने लाग्यो र सबैलाई एकपटक सम्झे रे । आफनो चुरोट खाने नराम्रो नराम्रो लत अब आफनो मृत्युको कारण बन्यो भनेर निकै चिन्तित बने । क्यान्सर भएको थाहा पाएको दिनदेखि उनले चुरोट छोएका छैनन् । मानिसले छोड्न सक्ने रहेछ नि आखिर उनले भने । मैले जानी जानी चुरोट खाएर क्यान्सर निम्त्याएँ भन्ने मनमा लागि रह्यो, निकै पछुताएँ पनि । क्यान्सर लागेपछि कस्तो पीडा हुन्छ त्यो मैले भोगेको छु । त्यसैले म सबैलाई यसको सेवन नगर्न आग्रह पनि गर्छु ।

तर पछि कलेज जान थालेपछि भने उनको यो क्रम बढ्न थाल्यो । अब त उनलाई चुरोट नभइ नहुने भइसकेको थियो । उनी भन्छन्, ‘कलेज जान थालेपछि अझ बढी स्वतन्त्र भइयो, घरका परिवारले देख्ला भन्ने डर पनि भएन त्यसैले साथीसंगत पनि त्यस्तै भयो । चुरोटको मात्रा पनि बढ्न थाल्यो । साथीभाइसँग भेट्ने भनेको चिया चुरोट खान जस्तै बन्यो ।’ घरमा भने उनी राती लुकेर मात्र खान्थे । पछि पछि चुरोट खानकै लागि उनी धेरै समय बाहिर बस्न थाले ।

चुुरोट अब उनलाई नभई नहुने खाना जस्तै भइसकेको थियो । दिन यसरी नै बित्दै गयो । उनले ब्याचलर पढ्दै गर्दा कतार एअरलायन्स अन्तर्गत काम गर्न थाले । पछि जहाँ उनलाई कतार बस्नुपर्ने भयो । अब त झन उनी कसैको डर बिना चुरोट सेवन गर्न सक्ने भए । कतार गएपछि उनले चुरोटसँगै मदिरा पनि सेवन गर्न सिके । कामको शिलशिलामा अब उनको शुरुवात नै चुरोटबाट हुने र राती भएपछि चुरोट र मदिरा दैनिक जसो नै लिन थाले ।  विदेश बस्दा उनले दैनिक २०\ २५ खिल्लीसम्म चुरोट खाएको बताउँछन्। ५ वर्ष विदेश बसेर आएपछि उनले यहीं आफनो काम गर्न थाले । यो क्रममा पनि उनको चुरोट खाने क्रम कम भएन। साथीभाइ पनि चुरोट खाने नै बढी थिए ।

‘झण्डै २ महिनाको अस्पताल बसाइपछि मैले एउटा छाप सहितको अनुहार लिएर घर फर्कन पर्‍यो जसमा मैले खाएको चुरोटले दिएको दण्ड ‘ठूलो दाग’ थियो । मुखमा क्यान्सर फैलिएकाले गालाको ठूलो भाग काटेर फाल्न पर्‍यो। जसले गर्दा मेरो अनुहार नै अर्के भयो । यति मात्र हैन क्यान्सरले मेरो मुखको दायाँ भागको गिंजासम्म छोएका कारण दाँत पनि निकाल्न पर्ने भयो । अहिले पनि क्यान्सरका कारण मेरो ८ वटा दाँत छैन् निकालिएको छ । उपचारपछि मेरो क्यान्सर त निको भयो तर चुरोटका कारण लागेको अनुहारको दाग भने जिन्दगीभरलाई रहने भयो ।’

२०७२ सालको असोज महिनामा दशैंका बेला एकदिन एक्कासी उनलाई मुखमा घाउ आएर दुख्न थाल्यो । उनले नजिकैको औषधि पसलबाट औषधि ल्याएर खाए । फेरी एक सातापछि त्यस्तै घाउ आउने जाने हुन थाल्यो । दन्त चिकित्सकलाई पनि देखाए । औषधि खाए तर निको भएन । दुख्न पनि थाल्यो । असाध्यै भएपछि उनी हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल पुगे । अस्पताल पुग्ने बित्तिकै उनमा क्यान्सरको शंका गदैं  क्यान्सर विशेषज्ञ डा सुदिप श्रेष्ठले बायोप्सी गर्न पठाए । उनी भन्छन्, ‘म त्यसदिन निकै डराएँ ।’

एक सातामा बायोप्सीको रिपोर्ट आयो र म मा क्यान्सर पत्ता लाग्यो । अब भने उनी आफू छाँगाबाट खसे जस्तै भएको बताउँछन्। । रिपोर्ट लिएर भुईमा थचक्क बसेको अहिले पनि सम्झन्छन् प्रदीप । उनलाई अब आफू ३५ वर्षकै उमेरमा मर्ने भएँ भन्ने लाग्यो र सबैलाई एकपटक सम्झे रे । आफनो चुरोट खाने नराम्रो नराम्रो लत अब आफनो मृत्युको कारण बन्यो भनेर निकै चिन्तित बने । क्यान्सर भएको थाहा पाएको दिनदेखि उनले चुरोट छोएका छैनन् । मानिसले छोड्न सक्ने रहेछ नि आखिर उनले भने । मैले जानी जानी चुरोट खाएर क्यान्सर निम्त्याएँ भन्ने मनमा लागि रह्यो, निकै पछुताएँ पनि ।

पछि उपचारका लागि उनले डा सुदिप, डा विजेस, डा कपेन्द्र लगायतको टिमसँग सल्लाह गरे । क्यान्सर मुखमा फैलिसकेकाले शल्यक्रिया गर्नुपर्ने भयो । उनी भन्छन्, ‘झण्डै २ महिनाको अस्पताल बसाइपछि मैले एउटा छाप सहितको अनुहार लिएर घर फर्कन पर्‍यो जसमा मैले खाएको चुरोटले दिएको दण्ड ‘ठूलो दाग’ थियो । मुखमा क्यान्सर फैलिएकाले गालाको ठूलो भाग काटेर फाल्न पर्‍यो। जसले गर्दा मेरो अनुहार नै अर्के भयो । यति मात्र हैन क्यान्सरले मेरो मुखको दायाँ भागको गिंजासम्म छोएका कारण दाँत पनि निकाल्न पर्ने भयो । अहिले पनि क्यान्सरका कारण मेरो ८ वटा दाँत छैन् निकालिएको छ । उपचारपछि मेरो क्यान्सर त निको भयो तर चुरोटका कारण लागेको अनुहारको दाग भने जिन्दगीभरलाई रहने भयो ।

क्यान्सर लागेपछि चुरोट विरुद्धको अभियानमा
प्रदीप अहिले क्यान्सर फ्रि त भएका छन्। तर नियमित फलो अप भने गर्नुपर्छ । क्यान्सर निको भएपछि भने उनी यतिबेला सुर्तीजन्य पदार्थ विरुद्धकै अभियानमाा लागेका छन्। उनले निधी शक्ति हेल्थ प्रोटेक्सन सेन्टर नामको संस्था नै खोलेका छन्। उनी आफू जस्तै सानैमा कसैले पनि सुर्तीजन्य पदार्थ सेवन नगरोस भन्ने चाहन्छन्। त्यसका लागि विद्यालयहरुमा गएर आफूलाई चुरोट खाएकै कारण क्यान्सर भएको र निकै दुख पाएको भन्दै विद्यार्थी माझ त्यही दाग देखाउँछन् र यसको नकारात्मक असरका बारेमा जानकारीहरु पनि दिंदै आएका छन्। उनी भन्छन्, एक जनालाई पनि चुरोट खान रोकियो भने उसलाई क्यान्सरबाट रोक्न सकिन्छ । क्यान्सर लागेपछि कस्तो पीडा हुन्छ त्यो मैले भोगेको छु । त्यसैले म सबैलाई यसको सेवन नगर्न आग्रह पनि गर्छु ।

मैले त गल्ती गरें त्यसको परिणाम पनि भोगिसकें अब म जस्तै बाटो बिराएकालाई सहयोग गर्न लागि पर्नेछु, उनले भने । सबैलाई मेरो विनम्र अनुरोध छ,  ‘जीवन अमूल्य छ यसलाई प्लिज धुवाँमा नउडाउनुस्।’

उनलाई नेपालमा सुर्तीजन्य पदार्थले गर्ने हानीकाबारेमा जनचेतना नै नपुगेको जस्तो लाग्छ । कानून भए पनि जसले पनि सजिलै किन्न पाउने भएकाले धेरै केटाकेटीले पनि यसको सेवन गरेका छन्। उनीहरुलाई यस्ता कुराबाट टाढा राख्न परिवार पनि सचेत हुनपर्ने उनको भनाई छ । मलाई त्यसबेला कसैले यो खान हुँदैन यसले यो यो गर्छ भनेर कसैले दवावका साथ भनेको भए मैले खान्नथें होला । आज त्यही सम्झन्छु । विशेष गरी किशोरकिशोरीमै यो जनचेतना आवश्यक छ । किन भने चुरोट सेवन गर्ने उमेर नै यही रहेछ । साथीभाइको लहैलहैमा लागेर यो शुरु गरिन्छ । पछि नशा बन्छ । मेरो जस्तै अन्तत क्यान्सरमा गएर टुंगिन्छ । चुरोटले शरीरलाई पीडा दिने मात्र हैन आर्थिक रुपमा पनि विपन्न बनाउने उनको भनाई छ । उनले आफनो उपचारमा झण्डै २० लाख जति खर्च गरिसकेको बताउँछन्। अझै पनि फलो अपमा जानुपर्छ । योसँगै शारीरिक पीडा त कति हो कति भनि साध्य छैन् उनले थपे । परिवारमा एक जनालाई क्यान्सर हुनु भनेको सबैको जीवन अस्तव्यस्त हुनु हो ।

सुर्तीजन्य पदार्थ नियन्त्रण गर्नका लागि बनाइएको कानूनमा कडाइ गर्नुपर्ने उनको भनाई छ । युवाहरुलाई नै सुर्तीजन्य पदार्थको विरुद्धको अभियानमा लगाउन सके र यसकाबारेमा जानकारी दिन सके धेरै हदसम्म यसको सेवनलाई कम गर्न सकिने उनको भनाई छ ।

प्रदीप आफू अब जीवनभर सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा लाग्ने बताउँछन्। मैले त गल्ती गरें त्यसको परिणाम पनि भोगिसकें अब म जस्तै बाटो बिराएकालाई सहयोग गर्न लागि पर्नेछु, उनले भने । उनले लकडाउनका कारण कार्यक्रमहरु गर्न नपाए पनि यो खुलेपछि गाउँ गाउँमा गएर जनचेतनामूलक कार्यक्रम गर्ने योजना छ । अन्तिममा उनी भन्छन् ‘जीवन अमूल्य छ यसलाई प्लिज धुवाँमा नउडाउनुस्।’