२४ घण्टामा १६ हजार ८१४ परीक्षण, ५ हजार ४२ जनामा कोरोना पुष्टि
६८ जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ८१४ जनामा कोरोना परीक्षण गर्दा ५ हजार ४२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ५ लाख ८५ हजार १ सय पुगेको छ ।
यसैगरी आज थप ६८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ७९९ पुगेको छ । उता आज मात्रै ८ हजार २४३ जना कोरोना संक्रमित निको भएर घर गएका छन्।
हाल देशभर १४५१ जना कोरोना संक्रमितको आइसीयूमा र ३८४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कोरोना संक्रमणबाट निको हुने दर ८२ दशमलब ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण