Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सिंहदरवार भित्रका कर्मचारीलाई कोरोनाको दोस्रो डोज आजदेखि दिइँदै

सिंहदरवार भित्रका कर्मचारीलाई कोरोनाको दोस्रो डोज आजदेखि दिइँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना विरुद्धको कोभिशिल्ड र भेरोसेलको पहिलो डोज लिएका सिंहदरबारभित्रका सम्पूर्ण कर्मचारीलाई दोस्रो डोज आजदेखि दिने भएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्री बहादुर खड्काका अनुसार कोभिड- १९ खोप माघ १४ देखि फागुण २२ गतेसम्म ‘कोभिशिल्ड’ को पहिलो डोज लिएका र चैत २५ गतेखि वैशाख १५ सम्म ‘भेरोसेल’ खोप लिएका सिंहदरवारभित्रका सम्पूर्ण कर्मचारीलाई दोस्रो मात्र आज र भोलि दिने भएको हो ।

पहिलो मात्रा खोप लिएका सिहंदरवार भित्रका संवैधानिक निकाय र सरकारी निकायका सबै पदाधिकारी कर्मचारी, सुरक्षाकर्मीका लागि उक्त खोप अभियान राखिएको हो ।

सिहंदरवार भित्रकै खोप केन्द्रमार्फत खोप दिइने हुँदा अनिवार्य रुपमा पहिलो डोज खोप लगाएको कार्ड र कार्यालयले उपलब्ध गराएको परिचय पत्र लिएर आउन सबैलाई आग्रह गरिएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार