उज्ज्वल थापाको सबै उपचार खर्च व्यहोर्ने दुर्गा प्रसाईंको घोषणा
हेल्थ टिभी अनलाइन \काठमाडौं : विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ज्वल थापाको सम्पूर्ण उपचार खर्च आफूले व्यहोर्ने झापास्थित बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले घोषणा गरेका छन्।
कोरोना संक्रमणपछि सिकिस्त भएर मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा उपचाररत् थापाको उपचारमा आर्थिक सहयोग आह्वान भएपछि उनले सबै उपचार खर्च व्यहोर्ने घोषणा गरेको जनाए । शनिबार दुर्गा प्रसाईले विज्ञप्ति जारी गरी उपचारमा लागेको सबै खर्च आफूले प्रदान गर्ने बताएका हुन्।
उनले जारी गरेको विज्ञप्तिमा अस्पतालको सामाजिक उत्तरदायित्व र मुल मान्यता स्वास्थ्य उपचार खर्चको अभावमा कुनै पनि नेपाली नागरिकले अकालमा मर्नु नपरोस् भन्ने रहेकाले थापाको उपचार खर्च व्यहोर्ने निर्णय गरेको उल्लेख छ।
केही दिनदेखि भेन्टिलेटरमा उपचाररत थापालाई इसिएमओ प्रविधिबाट उपचार शुरु गरिएको छ । यो प्रविधि महंगो भएको भन्दै उनका लागि आर्थिक संकलन गर्न शुरु गरिएको हो ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित