चिकित्सक र नर्समाथि भएको दुर्व्यवहार खेदजनक : राष्ट्रपति भण्डारी
हेल्थ टिभी अनलाइन \काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारप्रति खेद व्यक्त गरेकी छिन् ।
शुक्रबार राष्ट्रपति भण्डारीले ट्वीटरमार्फत् भेरी अस्पतालका चिकित्सक तथा नर्समाथि गरेको दुर्व्यवहारप्रति खेद व्यक्त गरेकी हुन् । उनले भनेकी छिन्, ‘आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड-१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ।’
उनले कोरोना महामारीको बेला भावनात्मक उत्तेजना भए पनि विषम परिस्थितिमा संयम र धैर्य अपनाउन आग्रह गरेकी छिन् । दुख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।’





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित