आज ६९५१ नयाँ संक्रमित थपिंदा ९८४१ जना निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज देशभर ६ हजार ९५१ जना नयाँ संक्रमित थपिएका छन्। यसैगरी यहीवीच ९ हजार ८४१ जना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उता गत २४ घण्टामा ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशमा कुल कोरोना संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । गत २४ घण्टामा कोरोनाको आशंकामा २० हजार ११० जनाको परीक्षण गरिएको थियो ।
यीमध्ये ४ लाख २८ हजार ६७० जना निको भइसकेका छन्। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ४७ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण