अक्सिजन सिलिण्डर घरमा थन्काएर नराख्न स्वास्थ्य मन्त्रालयको आग्रह
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उद्योग तथा अस्पतालहरुबाट घर घरमा लगिएका अक्सिजनका सिलिण्डरहरु समयमै बुझाइदिन आग्रह गरेको छ ।
एकपटक भरेर लगेको सिलिण्डर सकिएपछि उद्योगमा फिर्ता गर्नुपर्ने भए पनि धेरैले होल्ड गरेर राखिंदिदा फेरी अक्सिजनको समस्या देखिन थालेको भन्दै मन्त्रालयले यस्तो विज्ञप्ति जारी गरेको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘अक्सिजन सिलिण्डर देशका दूरदराजमा वा व्यक्तिका घरमा थन्किएर बसेमा अस्पतालमा उपचाररत संक्रमितलाई अप्ठेरो हुन जाने भएकाले सबैलाई संवेदनशिल भइदिनु हुन अनुरोध छ ।’ मन्त्रालयले जुन कम्पनीबाट वा अस्पतालबाट सिलिण्डर ल्याइएको हो सोही स्थानमा सो सिलिण्डर फिर्ता गरिदिन आग्रह गरेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित