दन्तचिकित्सकलाई अनुहारमा लागेको चोटपटक व्यवस्थापन सम्बन्धी तालिम
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना महामारीकैवीच पनि दन्त चिकित्सकका लागि दाँत, मुख स्वास्थ्य तथा अनुहारमा लागेको चोटपटकको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा तालिम सम्पन्न गरिएको छ ।
अनुहारमा लाग्ने चोटपटकको समयमै व्यवस्थापन महत्व भएको कुरालाई मनन गर्दै स्वास्थ्य सेवा बिभागको उपचारात्मक सेवा महाशाखाले चितवनको भरतपुरमा ३ दिने ह्याण्डस अन तालिम संचालन गरेको हो ।
दाँत तथा मुख स्वास्थ्य सम्बन्धी अभिमुखीकरण तालिमहरु हरेक स्थानीय तहमा २ वर्षदेखि हुँदै आएको भए पनि यस्तो विशिष्टीकृत तालिम पहिलो पटक भएको आँखा, नाक कान घाँटी र मुख स्वास्थ्य प्रमुख डा. प्रकाश बुढाथोकीले बताए । कार्यक्रमको अध्यक्षता गरेका डा बुढाथोकीले देशभरका स्वास्थ्यसंस्थाबाट अनुहारमा लाग्ने चोटपटकको गुणस्तरीय प्राथमिक ब्यवस्थापनमा एकरुपता कायम गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जनाए । कार्यक्रममा प्रमुख अतिथी भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीले यस्तो कठीन घडीमा पनि देशभरबाट सहभागी आएको देख्दा कार्यक्रमको महत्व र सहभागीको कामप्रतिको डेडिकेसन प्रस्ट भएको भन्दै कार्यक्रमबाट प्राप्त भएको ज्ञान,सीप र क्षमता कार्यस्थलमा लागू गर्नुपर्ने बताए ।
कार्यक्रमका बिशिष्ट अतिथी सिएमसी डेण्टल कलेजका प्राचार्य डा बिजय आचार्यले आफु त्यति लामो समय सरकारी सेवामा रहदा कुनै तालिम नपाएको भन्दै हाल यस्ता तालिमहरु नियमित हुँदा नवचिकित्सकलाई सिक्ने ठूलो अवसर मिलेको बताए ।
जनस्वास्थ्यका मापदण्ड पालना गर्दै संचालित उक्त कार्यशालामा भोजपुर,धनकुटा,केन्द्रिय कारागार, हेटौडा, भरतपुर, मध्यबिन्दु, स्याङजा, रसुवा, दमौली, चरिकोट, लुम्बिनी, दोलखा, नवलपुर, पोखरा, धनगढी, तौलिहवा,बकुलर,चौतारा तथा सेती अस्पतालबाट २९ जना डेण्टल सर्जनहरुको सहभागिता थियो । दन्तचिकित्सकका लागी तालिम नै नहुने गरेको गुनासो गर्दे दन्तस्वास्थ्य क्षेत्रमा यो एकदम राम्रो, ब्यवहारिक र प्रशंसनीय तालिम भएको र यस्ता कार्यक्रमले निरन्तरता पाउनपर्नेमा सहभागी चिकित्सकको जोड थियो । बिशेषज्ञ सेवाबाट दुरदराजका बासिन्दा पनि वञ्चित हुन नपरोस भन्नका लागि यो तालिमको आयोजना गरिएको र यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर गरिने डा बुढाथोकीले जिकीर गरे ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित