पहिलो डोज कोरोना खोप लिएका ६५ वर्ष माथिका नागरिकलाई अबको एक महिनामा खोप दिने मन्त्रालयको तयारी
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना विरुद्धको पहिलो डोज कोभिसिल्ड खोप लिएका ६५ वर्ष माथिका नागरिकलाई अबको एक महिनामा खोप दिने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले आज भर्चुअल रुपमा गरिएको पत्रकार सम्मेलनका क्रममा उनले यसभन्दा अघि कोभिसिल्ड खोप ८ देखि १२ हप्तामा लगाइने भनिए पनि अहिले नयाँ मापदण्ड अनुसार १६ हप्तासम्म लगाउन मिल्ने भनिएकाले सोही बमोजिम खोपको तयारी गरिरहेको जनाए ।
उनले विश्व स्वास्थ्य संगठनले पनि एउटै डोजले पनि धेरै नै काम गर्ने भनिसकेकाले आत्तिहाल्नुपर्ने अवस्था नभएको र यद्यपी यो एक महिनामा खोप लगाएर उहाँहरुलाई सुरक्षित बनाउन मन्त्रालय लागिरहेको जानकारी दिए ।
सरकारले फागुण २३ गतेदेखि ६५ वर्ष माथिका नागरिकलाई कोभिसिल्डको पहिलो डोज खोप दिएको थियो । उनीहरु दोस्रो डोज पर्खेर बसिरहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण