Health TV Online
Health TV Online
Health TV Online

थप ८ हजार ९८० जनामा संक्रमण पुष्टि, १२९ जनाको मृत्यु

थप ८ हजार ९८० जनामा संक्रमण पुष्टि, १२९ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर आज ८ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार १०५ जनामा कोरोना परीक्षण गर्दा ८ हजार ९८० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ । उता आज कोरोना संक्रमणबाट १२९ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ८४८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । हाल देशभर १ लाख १५ हजार ८०६ जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये १ लाख ८ हजार १०३ जना होम आइसोलेसनमा छन् भने ७ हजार ७०३ जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार