Health TV Online
Health TV Online
Health TV Online

औषधि उत्पादक संघले भन्यो – नेपालमा औषधिको अभाव छैन

औषधि उत्पादक संघले भन्यो – नेपालमा औषधिको अभाव छैन

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल औषधि उत्पादक संघले कोरोना उपचारमा प्रयोग हुने औषधिहरुको अभाव नरहेको जनाएको छ।

संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा बजारमा हल्ला आए जस्तो नेपालमै बन्ने औषधिहरुको अभाव नरहेको स्पष्ट पारेको हो। संघले कोरोना उपचारमा धेरै प्रयोग हुने १३ वटा औषधिको सूची सहित मौज्दात विवरण सार्वजनिक गरेको छ।

कोभिड -१९ को उपचारमा अत्यधिक प्रयोग हुने औषधिको बजारमा माग धेरै भएको र आन्तरिक ढुवानी तथा कुरियरमा अवरोध भएका कारण औषधि सम्बन्धित स्थानमा पुर्‍याउन केही ढिलाई भएको संघले जनाएको छ। तर आफुहरुसँग ओषधिको मौज्दात नभएर वा उत्पादन क्षमता नभएर अभाव नभएको विज्ञप्तिमा उल्लेख छ।

यस संकटपुर्ण घडिमा हामी सम्पुर्ण उधोगीहरु देशमा कुनै पनि औषधिको अभाव हुन नदिन अहोरात्र कार्य गरिरहेको र स्वदेशमा बन्ने कुनैपनि औषधिको अभाव हुन नदिने र नहुने कुरा सबैलाई प्रतिवध्दता व्यक्त गर्दछौं विज्ञप्तिमा उल्लेख छ ।

संघले अनावश्यक रुपमा औषधि किनेर घरमा नराख्न सबैलाई आग्रह समेत गरेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार