स्वास्थ्यले माग्यो कोरोनाको जोखिम भत्ता उपलब्ध गराउन अस्पतालसँग कर्मचारी विवरण
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोनाको उपचारमा फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी लगायतको जोखिम भत्ता उपलब्ध गराउन अस्पतालसँग विवरण माग गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषदको वैशाख १९ गतेको निर्णय अनुसार कोभिड उपचारमा प्रत्यक्ष रुपमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुलाई ६ महिनासम्म सुरु तलब स्केलेको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन विवरण माग गरेको हो।
मन्त्रालयले कर्मचारीको नाम, पद, कोभिडमा खटिएका कर्मचारीको ड्यूटी रोष्टर,कर्मचारी संकेत नम्बर, स्थायी लेखा नम्बर, बैंक खाता नम्बर र वैशाख महिनाको पे रोल समेत विवरणमा उल्लेख गर्न भनेको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित