देशभर १२५९ जना आइसीयू र ४ सय जना संक्रमित भेन्टिलेटरमा उपचाररत
बाग्मतीमा मात्रै ५२९ जना आइसीयू र २२३ जना भेन्टिलेटरमा
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर १२ सय ५९ जना सिकिस्त कोरोना संक्रमित आइसीयूमा र ४ सय जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर रहेका १ लाख १३ हजार ४८० सक्रिय कोरोना संक्रमितमध्ये १६ सय ५९ संक्रमितकोआइसीयू र भेन्टिलेटरमा उपचार भइरहेको हो । मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित बाग्मती प्रदेशमा उपचाररत रहेका छन्।
बाग्मतीमा ५२९ जना संक्रमित आइसीयूमा छन् भने २२३ जनाको भेन्टिलेरमा उपचार भइरहेको छ । उता प्रदेश १ मा १७४ जना आइसीयूमा छन् भने ५२ जना भेन्टिलेटरमा रहेका छन्। प्रदेश २ मा २०७ जना आइसीयूमा र ५७ जना भेन्टिलेटरमा रहेको जनाइएको छ । गण्डकी प्रदेशमा ११६ जना संक्रमित आइसीयूमा छन् भने ३३ जना भेन्टिलेटरमा छन्। उता लुम्बिनी प्रदेशमा ११३ जना र १८ जना क्रमस: आइसीयू र भेन्टिलेटरमा उपचाररत छन्।
उता कर्णालीमा ८१ जना आइसीयूमा र ८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिममा भने ३९ जना र ९ जना क्रमस: आइसीयू र भेन्टिलेटरमा उपचारमा रहेको जनाइएको छ ।
पछिल्लो समय देशभर कोरोनाका गम्भीर बिरामीको संख्या बढ्दो क्रममा छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण