स्वास्थ्य मन्त्रालयले भन्यो -अक्सिजनको व्यवस्था बिरामीले होइन, अस्पतालले गर्ने हो
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय अस्पतालहरुले अक्सिजनको अभाव भएको भन्दै बिरामीका आफन्तलाई अक्सिजन खोेजेर ल्याउन भनेको भन्दै यसो नगर्न आग्रह गरेको छ ।
आइतबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अस्पतालहरुले आफै अक्सिजनको व्यवस्था गर्न भन्दै बिरामीका आफन्तलाई तनाव दिएको भन्दै यस्तो नगर्न र अस्क्जिनको व्यवस्था अस्पताल आफैले गर्न आग्रह गरेका हुन्। उनले अक्सिजनको व्यवस्था गर्ने काम बिरामी र बिरामीका आफन्तको नभई अस्पतालको भएको जनाएका छन् । पछिल्लो समय अस्पतालहरुमा अक्सिजनको हाहाकार भएपछि अस्पतालले बिरामीका आफन्तलाई सकेसम्म आफै अक्सिजन खोजेर ल्याउन भनिरहेका छन्।
सरकारले अक्सिजनमा कोटा प्रणाली लगाइदिंदा झनै सामस्या आएपछि अहिले फेरी कोटा प्रणाली खारेज भएको छ । तर पनि बजारमा अत्यधिक माग बढेपछि अक्सिजनको अभाव भने यथावत नै छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण