सक्रिय कोरोना संक्रमित ९३ हजारभन्दा बढी, १२०५ जना आइसीयू र भेन्टिलेटरमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर रहेका ९३ हजार १४१ सक्रिय संक्रमितमध्ये १२ सय ५ जना सिकिस्त कोराना संक्रमितको आइसीयूमा र भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म देशभर ९१० जना सिकिस्त कोरोना संक्रमित आइसीयूमा र २९५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
पछिल्लो समय पुष्टि भएका अधिकांश संक्रमितमा कडा लक्षण देखिएका छन्। जसका कारण अस्पतालको उपचार सेवा चाहिने संक्रमितको संख्या बढ्दै गएको हो । उता कुल ४ लाख ३ हजार ७९४ जना संक्रमितमध्ये ३ लाख ६ हजार ७९४ जना निको भएका छन्। अहिले आइसोलेसनमा ९३ हजार १४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये ८६ हजार ४२६ जना होम आइसोलेसनमा रहेका छन् भने ६ हजार ७१५ जना संस्थागत आइसोलेसनमा रहेका छन्।
नेपालमा अहिलेसम्म कोरोना संक्रमण भएर ३ हजार ८५९ जनाको मृत्यु भइसकेको छ । पछिल्लो समय अस्पतालमा संक्रमितको चाप अत्यधिक बढेपछि कयौं संक्रमितले बेड नपाएरै ज्यान गुमाउन बाध्य भइरहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित