बाँकेमा १२ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \बाँके : कोरोनाको हटस्पट बनेको बाँकेमा गत १२ घण्टाभित्र १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका कोभिड फोकल पर्सन तेज वलीका अनुसार १२ घण्टामा १० जना कोरोना संक्रमितको ज्यान गएको हो ।
यसरी मृत्यु हुनेहरु ९ जना बाँकेका र एक जना जाजरकोटका रहेका छन् भने उमेर २७ वर्षदेखि ७८ वर्ष सम्मका रहेका छन्। योसँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १५७ पुगेको छ । उता बाहिरी जिल्लाबाट आएर मृत्यु हुनेको संख्या १२७ रहेको छ ।
पछिल्लो समय बाँकेमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि अस्पतालमा बेड तथा अक्सिजनको अभावका कारण कयौं संक्रमित अस्पताल नपुग्दै ज्यान गुमाउन बाध्य भइरहेका छन्। नेपालमा हिजो एकैदिन ५८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?