काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपियो, पसल बिहान मात्र खोल्न पाइने
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना महामारी बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरी एक साता थप गरिएको छ ।
उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा एक साता थप गरी २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यसका साथै निषेधाज्ञालाई अझै कडा गर्दै खाद्यान्न पसल खोल्ने समय बिहान सातदेखि ९ सम्म गर्ने र साँझ खोल्न नपाइने निर्णय भएको छ । यसअघि बिहान र साँझ पसल खोल्न पाइने थियो ।
उता बैंक तथा वित्तीय संस्थाहरुले २० प्रतिशत मात्र कर्मचारी बोलाएर काम चलाउनुपर्ने निर्णय भएको छ । साइकल चलाउने तथा कवाडी संकलन, ठेला गाडा समेत सञ्चालनमा रोक लगाउने निर्णय भएको छ । प्रशासनले यसअघि जारी भएका सबै प्रकारका पास खारेज गर्ने निर्णय पनि गरेको छ ।
वैशाख १६ बाट शुरु भएको एक साताको निषेधाज्ञा भोलि सकिनु अगावै थप एक साता निषेधाज्ञाको समय थप गरिएको हो ।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित