अध्ययन बिदामा बसेका स्वास्थ्यकर्मीलाई पनि सेवामा खटाउँदै स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढ्दै गएपछि अध्ययन बिदामा बसेको स्वास्थ्यकर्मीलाई पनि काममा खटिन निर्देशन दिएको छ ।
मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै अध्ययन बिदामा बसेका स्वास्थ्यकर्मीको अहिले अध्ययन नभएकाले उनीहरुलाई आफ्नो दरबन्दी रहेको संस्थामा हाजिर भई सेवामा खटिन निर्देशन दिएको हो । कोरोना संक्रमण नियन्त्रणबाहिर जान थालेपछि स्वास्थ्य मन्त्रालयले आइतबार एक बैठक बसी यस्तो निर्णय गरेको जनाएको छ ।
यसका साथै सूचनामा विभिन्न चिकित्सा विधामा अध्ययनरत तथा अध्यापन गर्नेहरुलाई पनि अहिलेको विषम परिस्थतीमा उक्त कलेज तथा विश्वविद्यालयले उपचार सेवामा खटाउन साथै आवश्यक परेमा अन्य अस्पतालमा समेत पठाउन आग्रह गरिएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण