सरकारले भन्यो- स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना फैलियो, सबैले सावधानी अपनाऔं
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण फैलिरहेकाले सबैलाई सावधानी अपनाउन अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै नेपालमा पछिल्लो समय अहिले भएका स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरी कोरोना संक्रमण फैलिएको भन्दै अस्पतालमा राख्ने ठाउँ समेत नभएको भन्दै सबैलाई संवेदनशिल हुन आग्रह गरेको छ ।
मन्त्रालयले अस्पतालमा राखेर उपचार गर्नका लागि शैया समेत उपलब्ध गराउन नसकेको समेत जिकीर गरेको छ । काठमाडौं, भक्तपुर, ललितपुर,चितवन, बाँके, कास्की, दाङ, रुपन्देही, पाल्पा, सुर्खेत लगायतका जिल्लामा संक्रमण फैलिने दर डर लाग्दो गरी बढिरहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा भएका स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरी संक्रमण फैलिएको यो अवस्थामा सबै जना जिम्मेवार नागरिक भई आ -आफनो ठाउँबाट जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गरिदिन आग्रह गरेका छन्।
अत्यावश्यक नपरेसम्म घरबाहिर ननिस्कन, निस्कै परे मास्कको अनिवार्य प्रयोग गर्न,भौतिक दूरी कायम गर्न तथा सेनिटाइजरको प्रयोग गर्न मन्त्रालयले सबैलाई अपिल गरेको छ ।
नेपालमा दैनिक भण्डै ५ हजार संक्रमित फेला पर्न थालेका छन् भने मृत्युदर पनि ह्वात्तै बढेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण