कोरोना हटस्पट बनेको नेपालगञ्जमा आजदेखि लकडाउन
हेल्थ टिभी अनलाइन \बाँके : कोरोना संक्रमण तीब्र रुपमा फैलिन थालेपछि बाँकेको नेपालगञ्जमा आजदेखि लकडाउनको घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना प्रभावकारी नियन्त्रणका लागि भन्दै लकडाउनको घोषणा गरेको जनाएको छ ।
पछिल्लो समय कोरोना संक्रमण बाँकेमा नियन्त्रण बाहिर गएको छ । दैनिक रुपमा परीक्षण गरिएकामध्ये झण्डै ८० देखि ९० प्रतिशतसम्म कोरोना पोजेटिभ देखिंदै आएको छ । भारतसँग सीमा जोडिएको कारणले पनि बाँके उच्च जोखिममा रहेको हो । नेपालगञ्ज उपमहानगरमा मात्रै मंगलबारसम्म ७३५ जना सक्रिय कोरोना संक्रमित रहेको र अस्पतालहरु संक्रमितले भरिभराउ भएका छन्। बाँकेमा एक्कासी कोरोना संक्रमित बढ्न थालेपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्रले लकडाउनको सिफािरस गरेको थियो ।
सोही बमोजिम जिल्ला प्रशासनले हिजो यस्तो निर्णय गरेको हो । संक्रामक रोग ऐन २०२० अनुसार आज राती १२ बजेदेखि वैशख १५ गतेसम्म लागू हुने गरी लकडाउन गरिएको हो । यो समयमा सर्वसाधारणलाई हिंडडुल गर्न समेत निशेध गरिएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण