आज विश्व स्वास्थ्य दिवस मनाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज अप्रिल ७ अर्थात विश्व स्वास्थ्य दिवस । नेपालमा पनि विभिन्न छलफल तथा कार्यक्रम गरी यो दिवस मनाइँदैछ । ‘स्वस्थ विश्वका लागि समतामूलक स्वास्थ्य सेवा’ भन्ने नाराका साथ यो वर्षको स्वास्थ्य दिवस मनाइँदैछ ।
दिवसको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा राजेश संभाजीराव पाण्डवले जबसम्म स्वास्थ्य सेवामा सबैको समान पहुँच हुँदैन् तबसम्म देशले राखेका लक्ष्यहरु पूरा हुन नसक्ने बताएका छन्। उनले स्वास्थ्यका सबै सेवामा सबै वर्गको समान पहुँच हुनुपर्नेमा जोड दिए ।
यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठीले कोरोना संक्रमणको महामारीले अहिले विश्वमै स्वास्थ्यमा लगानी बढाउनुपर्ने कुरा सिकाएको बताए ।
हरेक वर्ष अप्रिल ७ का दिन स्वास्थ्यको महत्व बुझाउनका लागि यो दिवस विश्वभरी नै मनाउने गरिन्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण