भारतमा एकैदिन थपिए एक लाख बढी नयाँ संक्रमित
हेल्थ टिभी अनलाइन : भारतमा एकैदिन एक लाख बढी कोरोनाका नयाँ संक्रमिथ थपिएका छन्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४७८ जनाको मृत्यु भएको छ । भारतमा पछिल्लो तीन साता यता कोरोनाको दोस्रो लह तीब्र रुपमा फैलिरहेको छ । एक महिनकोबीचमै त्यहाँ साढे ५ लाख नयाँ संक्रमित थपिएका छन्। यसैगरी यही एक महिनामा ७ हजार ५५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भारतमा फेब्रुअरीमा दैनिक १० हजारमा झरेको संक्रमितको संख्या अलिे अप्रिलमा आएर दैनिक एक लाखमा उकालो लागेको छ । भारतका ५ राज्य महाराष्ट्र, छत्तीसगढ, कर्नाटक, दिल्ली र उत्तर प्रदेश सबै भन्दा बढी प्रभावित भएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित