मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा छैटौं कलेजो प्रत्यारोपण, बाबुलाई छोरीले दिइन् कलेजो
हेल्थ टिभी अनलाइन \काठमाडौं : भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा थप एक जनामा कलेजो प्रत्यारोपण गरिएको छ ।
केन्द्रका निर्देशक डा प्रेमराज ज्ञवालीका अनुसार भक्तपुरका ४४ वर्षीय पुरुषमा कलेजोको सफल प्रत्यारोपण गरिएको हो । उनलाई उनकी छोरीले कलेजो दिएकी हुन्। नेपालमा अंग दान गरेर आफन्त बचाउनेमा महिला अगाडी छन्।
डा ज्ञवालीले प्रत्यारोपण केन्द्रमा गरिएको यो छेटौं प्रत्यारोपण भएको बताए । अहिलेसम्म नेपालमा ३ वटा अस्पतालमा गरेर १२ जनामा कलेजो प्रत्यारोपण भएको छ । त्रिवि शिक्षण अस्पतालमा ५ जनाको, मानव अंग प्रत्यारोपण केन्द्रमा ६ जनाको र उपत्यकाबाहिर चितवन मेडिकल कलेजमा एक जनाको कलेजो प्रत्यारोपण भएको हो ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित