Health TV Online
Health TV Online
Health TV Online

नेपालमा सक्रिय संक्रमितको संख्या फेरी बढ्यो, देशभर १५७९ संक्रमित आइसोलेसनमा

२४ घण्टामा १५२ जनामा कोरोना पुष्टि

नेपालमा सक्रिय संक्रमितको संख्या फेरी बढ्यो, देशभर १५७९ संक्रमित आइसोलेसनमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा सक्रिय संक्रमितको संख्या फेरी एकपटक बढेको छ । पछिल्लो २४ घण्टामा १५२ जना कोरोना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या १५ सय ७९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार २१३ जनाको पीसीआर परीक्षण गर्दा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । केही समय अघि देशमा सक्रिय संक्रमितको संख्या ओरालो लागेर ६ सय भन्दा कम भएको भए पनि केही दिनदेखि संक्रमित थपिने क्रम बढेसँगै सक्रिय संक्रमितको संख्या धेरै भएको हो । उता शुन्यमा झरेको मृत्युदर पनि बढ्न थालेको छ ।

भारतमा दोस्रो लहरको कोरोना तीब्र रुपमा फैलिएसँगै नेपालमा पनि संक्रमितको संख्या बढेको मन्त्रालयका प्रवक्ता डा जागेशवर गौतम बताउँछन्। भारतबाट आएका व्यक्तिहरुमा धमाधम कोरोना पुष्टि हुन थालेको छ ।

यसैगरी आज एक जना कोरोना संक्रमितको मृत्यु समेत भएको छ । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ । उता अहिले पनि कोरोनाको आशंकामा ६३ जना देशका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा रहेका छन्। मन्त्रालयका अनुसार कुल कोरोना संक्रमितमध्ये ९८ दशमलब ३ प्रतिशत संक्रमित भने निको भइसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार