Health TV Online
Health TV Online
Health TV Online

महिनावारी स्वच्छतामैत्री शौचालय बनेपछि किशोरीहरु नियमित विद्यालय जान थाले

महिनावारी स्वच्छतामैत्री शौचालय बनेपछि किशोरीहरु नियमित विद्यालय जान थाले

हेल्थ टिभी अनलाइन \काठमाडौं : विद्यालयमा महिनावारी स्वच्छतामैत्री शौचालय र आराम गर्ने कक्ष बनेपछि छात्राहरु महिनावारीका बेलामा पनि नियमित विद्यालय जान थालेका छन्।

गुड नेबर्स इन्टरनेशनलले तीन जिल्लामा परियोजना शुरु गर्दै छात्राहरुका लागि महिनावारी स्वस्छतामैत्री शौचालय बनाइदिएपछि ती जिल्लाका विद्यालयमा छात्राहरु नियमित विद्यालय जान थालेका हुन्।

पहिले पहिले महिनावारी हुँदा विद्यालयमा शौचालयका कारण असहज हुने भएकाले महिनामा ४ \५ दिन गयल हुने छात्राहरु आफूहरुलाई सजिलो हुने गरी शौचालय बनेपछि नियमित भएको गुड नेबर्सका पब्लिक हेल्थ म्यानेजर राम नरेश यादवले बताए ।

गुड नेबर्स इन्टरनेशनलले बाजुरा, बर्दिया र दार्चुलामा सन् १०१७ देखि २०२० सम्म महिनावारी स्वच्छता (एमएचएम) प्रोजेक्ट सञ्चालन गरेको थियो । जसअन्तर्गत विद्यालयका छात्राका लागि एमएचएम फ्रेन्डली ट्वाइलेट बनाउनेदेखि आराम गर्ने कक्ष समेत बनाइएको थियो । साथै उनीहरुलाई विभिन्न खालका महिनावारी स्वच्छतासम्बन्धी तालिमहरु दिने काम गरेको थियो । यो ४ वर्षमा १३ हजार ५४८ जना छात्रालाई एमएचएम किट बाँडिएको ८ हजार ९३० जना छात्रालाई प्याड बनाउने तालिम दिइएको थियो । यसैगरी ती जिल्लाका ९०६ जना धामी झाक्रीलाई समेत महिनावारी स्वच्छता सम्बन्धी तालिम दिइएको यादवले जानकारी दिए ।

मंगलबार ४ वर्षसम्म जारी रहेको परियोजनाको प्राप्ति, निष्कर्ष र सिकाई आदानप्रदान गर्न आयोजना गरिएको कार्यक्रममा गुड नेबर्सकी प्रोग्राम डेभलपमेन्ट डाइरेक्टर रुपा मिश्रले महिनावारी स्वच्छता सम्बन्धी कार्यक्रमले धेरै किशोरीहरु लाभान्वित भएको बताइन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार