Health TV Online
Health TV Online
Health TV Online

सरकारले अग्रिम भुक्तानी दिएर २० लाख डोज कोरोना खोप ल्याउँदै

सरकारले अग्रिम भुक्तानी दिएर २० लाख डोज कोरोना खोप ल्याउँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिएर खरिद गर्ने निर्णय गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भारतमा बनेको ‘कोभिसिल्ड भाक्सिन’ खरिद गर्दा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो । भारतको सिरम इन्स्टिच्यूटसँग एक डोज खोपको ४ डलरमा खरिद गर्ने सहमति भए पनि भुक्तानीको विषयलाई लिएर खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन ।

सरकारले हाललाई सिरम इन्स्टिच्यूटसँग २० लाख डोज भ्याक्सिन खरिद गर्न लागेको हो ।अब ल्याइने २० लाख डोज खोप जेष्ठ नागरिकलाई लगाउने मन्त्रालयले जनाएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार