किन हुन्छ ‘यूटीआई’ ? लक्षण र बच्ने उपाय

‘यूटीआई’ अर्थात् यूरिनरी ट्रयाक्ट इन्फेक्सन। यो ब्याक्टेरियाका कारण पिसाबमा हुने एक किसिमको संक्रमण हो। पुरुषको तुलनामा महिलाहरूको पिसाब नली युरेथ्रा सानो अर्थात् करिब चार सेन्टिमिटरको हुन्छ। त्यसैले पनि योनिमार्ग र मलाशयमा प्राकृतिक रूपमा पाइने ब्याक्टेरिया नै पिसाब नलीमा पुगेर संक्रमण गर्छन्, जसका कारण धेरै महिलाहरूमा यूटीआईको समस्या हुने गर्छ ।
महिलाहरुमा यूटीआई भयो भन्ने आजभोलि धेरैले भनेको सुनिन्छ। यो सुन्दा जति सामान्य लाग्छ त्यति सामान्य भने छैन। समयमै उपचार नगरे यसले स्वास्थ्यमा धेरै नै नकारात्मक असर गर्छ। विशेषगरी लामो समयसम्म पिसाब रोकेर राख्ने, पानी कम पिउने एवं सरसफाईमा ध्यान नदिनेलाई यसको समस्या बढी हुन्छ। यूटीआई हुँदा पेट दुख्ने, ज्वरो आउने बान्ता आउने र पिसाब पोल्ने समस्या हुन्छ। यतिसम्म कि कहिलेकाहीँ बिरामी बेहोश समेत हुन सक्छ। यसैगरी मधुमेह भएका ब्यत्तिहरुमा पनि पिसाबको संक्रमण हुने सम्भावना अझ बढी हुन्छ ।
अचेल कामकाजी महिलाहरूका लागि यो ठूलो समस्या बनेको छ। कार्यालयमा काम गर्ने सिलसिलामा पिसाब रोक्ने बानी धेरैको हुन्छ। ‘यति काम सकौँ, अनि बाथरुम जाउँला’ भनेर पिसाब रोकेर राख्दा यसले संक्रमण निम्त्याउँछ। पिसाबमा संक्रमण हुन नदिन महिलाहरूले प्रजनन अंगको सरसफाइमा ध्यान दिनुपर्छ। भित्री वस्त्र दैनिक रूपमा फेर्ने, पिसाब गरेपछि सफा पानीले पखाल्ने गर्नुपर्छ। तर धेरैले यसो गर्दैनन्। जसले गर्दा संक्रमण हुन्छ।
हामी सबैलाई थाहा भएकै कुरा हो, पुरुषको तुलनामा महिलालाई धेरै नै संक्रमण हुन्छ। किनकी महिलाहरूको प्रजनन अंगको बनोट नै त्यस्तै प्रकारको हुन्छ। दिसा गर्ने र पिसाब गर्ने अंग सँगसँगै भएकाले पनि फोहोर हुने सम्भावना बढी हुन्छ। पुरुषमा यी दुवै अंगको दूरी बढी हुन्छ। त्यसैले उनीहरूमा पिसाबको संक्रमण हुने जोखिम कम हुन्छ।
अचेल कामकाजी महिलाहरूका लागि यो ठूलो समस्या बनेको छ। कार्यालयमा काम गर्ने सिलसिलामा पिसाब रोक्ने बानी धेरैको हुन्छ। ‘यति काम सकौँ, अनि बाथरुम जाउँला’ भनेर पिसाब रोकेर राख्दा यसले संक्रमण निम्त्याउँछ।
पिसाब लाग्नेवित्तिकै बाथरूम जाने बानी गर्नुपर्छ। यसैगरी कतिले त बारम्बार बाथरुम जानुपर्छ भनेर पानी नै कम पिउने गर्छन्। शरीरमा पानी कम हुँदा पनि संक्रमण हुन्छ। शरीरको सरसफाइमा ध्यान दिने, पिसाब रोकेर नराख्ने एवं पानी प्रशस्त मात्रामा पिउने गरे धेरै हदसम्म यो समस्याबाट बच्न सकिन्छ।
डा श्वेता अग्रवालसँग कुराकानीमा आधारित :
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा