२४ घण्टामा थप ३४८ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३४८ जनामा कोरोना संक्रमण देखिएको हो । योसहित देशभर कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ जना पुगेको छ । यीमध्ये हालसम्म २ लाख ६२ हजार २५९ जना संक्रमणमुक्त भइसकेका छन्। आजै मात्र ४४१ जना निको भएर डिस्चार्ज भएका छन्।
उता पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएकासहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय ६९ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७६४ रहेको छ भने क्वारेन्टाइनमा १९० जना रहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित