त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात
हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगंजको कोभिड आइसीयूमा खटिएका एक चिकित्सकमाथि बिरामीका आफन्तले हातपात गरेका छन्।
चिकित्सकले लापरवाही गरेका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गरेका हुन्।
कोभिड आइसीयूमा उपचार गराइरहेका बिरामीको मृत्यु भएपछि उनका आफन्तले डा सबिन भण्डारीलाई हातपात गरेको अस्पतालले जनाएको छ ।
कोरोना महामारीमा पनि जोखिम मोलेर खटिएका चिकित्सकमाथि हातपात गर्नेलाई कारवाही गर्न र काम गर्ने सुरक्षित वातावरण बनाउन चिकित्सकहरुले माग गरेका छन्। उता अस्पतालमा प्रहरी बोलाइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा