कोरोना खोप लगाएपछि स्वास्थ्य समस्या देखिए को जिम्मेवार हुने ?
हेल्थ टिभी अनलाइन\काठमाडौं : कोरोना भाइरस विरुद्धको खोप भारत लगायत धेरै देशहरुमा लगाउन शुरु गरिसकिएकाे छ ।
नेपालमा पनि केही सातामा नै कोरोना विरुद्धको खोप भारतबाट ल्याइने भन्ने कुरा सरकारले गरिसकेको छ । यही बेला कोरोना खोप लगाएपछि केही व्यक्तिहरुमा जटिल र केहीमा सामान्य समस्या देखिएका कुरा बाहिर आएको छ । यही सन्दर्भमा नेपालमा पनि कोरोना विरुद्धको खोप लगाउँदा यदि कसैमा स्वास्थ्य समस्या आएमा कसले जिम्मेवारी लिने र कसले उपचार गर्ने भन्ने बारेमा चर्चा चल्न थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना खोप लगाउँदा कसैमा केही समस्या आएमा सरकार त्यसको जिम्मेवार हुने बताए । खाेपकै कारण समस्या भएकाे भन्ने एकिन भएमा खोप ऐन अनुसार कसलाई के कति क्षतिपूर्ति वा सेवा दिने भन्ने तय हुने उनले जानकारी दिए ।
उता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण प्रसाद पौडेलले हरेक खोपमा केही न केही साइड इफेक्ट हुने कुरालाई नकार्न नसकिने भन्दै त्यसका लागि तयार भएपछि मात्र खोप ल्याइने बताए । अझ कोरोनाको खोप त सबैका लागि नयाँ भएकाले पनि यसले कसलाई कस्तो असर गर्छ भन्ने कसैलाई पनि एकिन जानकारी नभएको भन्दै यसमा पनि केही साइड इफेक्ट हुनसक्ने जिकीर गरे ।
उनले खोपकै कारण केही भएमा त्यसको क्षतिपूर्तिको व्यवस्था सरकारले गर्ने समेत बताए । उनले यसभन्दा अघि बालिबालिकालाई लगाइने खोपका बारेमा पनि यस्ता कुरा बाहिर आउँदा सरकारले खाेप ऐन अनुसार नै गरेको नजिर रहेको समेत उल्लेख गरे ।
उनले ठूलाे समूदायलाइ धेरै जोखिमबाट बचाउनका लागि लगाइने खोपका १ \२ प्रतिशतमा केही साइड इफेक्ट देखियो भनेर छोड्न नमिल्ने समेत जिकीर गरे । नेपालमा खोप आएको एक साताभित्रै प्रयोग गर्ने गरी तयारी थालिएको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा