२४ घण्टामा थप ३२२ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ३२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण देखिएको हो । योसहित देशभर कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।
यसैगरी गत २४ घण्टामा देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकासहित देशमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या १९ सय ६५ पुगेको छ ।
हाल देशभर ३ हजार ८६१ जना मात्र सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा