२४ घण्टामा थप ३२२ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ३२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण देखिएको हो । योसहित देशभर कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।
यसैगरी गत २४ घण्टामा देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकासहित देशमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या १९ सय ६५ पुगेको छ ।
हाल देशभर ३ हजार ८६१ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित