नेपालमा पनि देखियो नयाँ प्रकारको कोरोना भाइरस, सावधानी अपनाउन मन्त्रालयको आग्रह
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पनि नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै बेलायतबाट आएका ३ जनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पुस महिनामा बेलायतबाट आएका मध्ये ६ जनालाई विशेष निगरानीमा राखिएको र ती मध्ये तीन जनाको रिपोर्टमा शंका लागेर थप परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ पठाइएकोमा आजै उनीहरुमा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि भएको हो ।
उनले उनीहरु तीन जनामध्ये २८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुष रहेको समेत जनाएका छन्। संक्रमण भएकाहरुमध्ये २ जनाको रिपोर्ट हाल नेगेटिभ आइसेको र एक जना अझै पनि पोजेटिभ नै रहेको समेत उनले जिकीर गरे ।
मन्त्रालयले नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएसँगै जोखिम अझै बढेको भन्दै सावधानी अपनाउन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने