दिल्लीमा १० महिनापछि खुले स्कुल
हेल्थ टिभी अनलाइन : भारतको दिल्लीमा १० महिनापछि आजबाट स्कुल खुलेका छन्।
कोरोना विरुद्धको खोप लगाउन शुरु गरेको भोलिपल्ट अर्थात आजबाट त्यहाँका सबै स्कुल खुलेका हुन्। स्कुलमा विद्यार्थीलाई कोरोना संक्रमणबाट जोगाउन स्वास्थ्यका सबै मापदण्ड पालना गर्दै पढाई सञ्चालन गरिने त्यहाँका स्वास्थ्य अधिकारीले बताएका छन्।
विद्यार्थीलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्न लगाइएको छ भने प्रत्येकका लागि सेनिटाइजर समेत बाँडिएको जनाइएको छ । १० महिनापछि स्कुल जान पाउँदा विद्यार्थी भने निकै खुशी देखिएको स्थानीय मिडियाले जनाएका छन्।
भारतमा हालसम्म १ करोड ५७ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने १ लाख ५२ हजार ४५६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा