थप २६६ जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमितको संख्या ३९१९
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ । २४ घण्टामा देशभरका प्रयोगशालाबाट ३ हजार ५०८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
उता गत २४ घण्टामा देशभर ५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित देशभर कोरोना संक्रमण भएर आइतबारसम्म ज्यान गुमाउनेको संख्या १९ सय ५९ पुगेको छ ।
हाल देशभर ३ हजार ९१९ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल