थप २६६ जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमितको संख्या ३९१९
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ । २४ घण्टामा देशभरका प्रयोगशालाबाट ३ हजार ५०८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
उता गत २४ घण्टामा देशभर ५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित देशभर कोरोना संक्रमण भएर आइतबारसम्म ज्यान गुमाउनेको संख्या १९ सय ५९ पुगेको छ ।
हाल देशभर ३ हजार ९१९ जना मात्र सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा