भारतमा पहिलो दिन १ लाख ९१ हजार जनाले लगाए कोरोना विरुद्धको खोप
हेल्थ टिभी अनलाइन : भारत सरकारले हिजो जनवरी १६ देखि कोरोना विरुद्धको भ्याक्सिन दिन शुरु गरेको छ ।
सरकारले पहिलो दिन ३ लाख मानिसलाई कोरोना विरुद्धको खोप दिने लक्ष्य राखेको भए पनि जम्म १ लाख ९१ हजार जनाले यो खोप लिएका छन्। त्यहाँको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै पहिलो दिन १ लाख ९१ हजारलाई मात्र खोप दिन सकिएको जनाएको हो ।
त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार खोपका लागि ३ हजार ३५१ वटा सेन्टर तोकिएको थियो । यसैगरी १६ हजार ७५५ जना स्वास्थ्यकर्मी त्यसका लाथि खटिएको जनाइएको छ । मन्त्रालयका अनुसार सबै सेन्टरबाट साताको ४ दिन मात्र खोप दिइनेछ । २ दिन भने खोप कार्यक्रम नराखिने समेत जनाइएको छ ।
भारत सरकारले पहिलो लटमा फ्रन्टलाइनरलाई खोप दिइने जनाएको छ । खोप कार्यक्रमको उद्घाटन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले खोप लगाए पनि स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा जोड दिएका थिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा