थप २४० जनामा कोरोना संक्रमण, ६ जना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २४० जनामा कोरोना पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ५६ जना पुगेको छ । यीमध्ये २ लाख ६१ हजार ४४ जना संक्रमणमुक्त भइसकेका छन्।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकासँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १९ सय ५४ पुगेको छ ।
हाल देशभर ४ हजार ५८ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो