बर्दियाका ११.३ प्रतिशत थारु समूदायमा देखियो सिकल सेल डिस्अर्डर: अध्ययन
हेल्थ टिभी अनलाइन \काठमाडौं : बर्दिया जिल्लाका थारु समूदायमा ११ दशमलब ३ प्रतिशतमा सिकल सेल डिस्अर्डर पाइएको एक अध्ययनले जनाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको एक अनुसन्धानमा यस्तो परिणाम देखिएको हो ।
परिषदले वि सं २०७४ साउन देखि २०७६ पौषसम्म बर्दिया जिल्लाको २० हजार थारु समुदायमा सिकल सेल रोगको जनसख्यामा आधारित अध्ययन गरेको थियो। यसरी अध्ययन गर्दा २० हजार सहभागीहरु मध्ये, २२५६ (११.३ %) लाई सिकल सेल डिस्अर्डर देखियो । जसमध्ये २१११ मा ( १०.६ %) लाई सिकल सेल ट्रेट थियो भने १४५ (०.७ %) लाई सिकल सेल रोग थियो ।
२२५६ सिकल सेल डिस्अर्डर भएका मध्ये ‘सिकल वीद् बीटा थालेसीमिया’ २३२ (१०.२ %) लाई थियो भने सिकल वीद् डी पंजाब ६ (०.३ %) लाई र सिकल वीद् सजेस्टिभ डी इरान ६ (०.३ %) लाई थियो । ७९८२ पुरुष मध्ये, सिकल सेल ट्रेट ८७४ (१०.९ %) लाई थियो भने ७५ (०.९ %) लाई सिकल सेल रोग थियो । त्यस्तै गरी १२०१८ महिला मध्ये, १२३७ (१०.३ %) लाई सिकल सेल ट्रेट थियो भने ७० (०.६ %) लाई सिकल सेल रोग पाइएको थियो । ११९०२ देसौरी थारु उपसमूह मध्ये १२८४ (१०.८ %) लाई सिकल सेल ट्रेट थियो भने ८२ (०.७ %) लाई सिकल सेल रोग पाइएको थियो । त्यसैगरी ७९४३ दंगौरी थारु मध्ये ८०१ (१०.१ %) लाई सिकल सेल ट्रेट र ६१ (०.८ %) लाई सिकल सेल रोग थियो ।
अधिकांस सिकल सेल रोग भएका सहभागीहरुले बारम्बार ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने गरेको बताएका थिए ।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र