आइतबारदेखि टेकु अस्पतालमा नन कोभिड बिरामीको पनि उपचार हुने
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमितको लागि डेडिकेटेड शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले अबदेखि नन कोभिडको बिरामीको लागि पनि सेवा सञ्चालन गर्ने भएको छ ।
लगभग एक वर्षदेखि उक्त अस्पतालले कोरोनाको संक्रमितको मात्र उपचार गर्दै आएको थियो। अब भने संक्रमितको संख्या घट्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नन कोभिडका बिरामीलाई पनि सेवा दिनु भन्ने पत्र पठाएसँगै यही आइतबारदेखि सरुवा रोग अस्पतालले यसअघि दिंदै आएको सबै सेवा दिने लागिएको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले जनाए ।
मन्त्रालयले पुस २८ गतेको निर्णय अनुसार सबै सेवा सूचारु गर्न अस्पतालाई पत्र पठाएको हो । देशकै एकमात्र सरुवा रोग अस्पताल रहेकाले टेकु अस्पतालले झाडापखाला, एचआइभी, क्षयरोग, कुकुरले टोकेका बिरामी, निमोनिया, मौसमी भाइरल संक्रमण लगायतका सेवा प्रदान गर्दै आएको थियो । अब ती सबै सेवा सञ्चालन हुने जनाइएको छ । त्यसका लागि कोभिड र नन कोभिडका बिरामीका लागि छुट्टाछुट्टै स्थान बनाइएको छ ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो