२४ घण्टामा ४२८६ जनाको पीसीआर परीक्षण, ३६२ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाबाट ४ हजार २८६ जनाको पीसीआर परीक्षण गर्दा ३६२ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसहित देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ । उता पछिल्लो २४ घण्टामा देशभर ३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकासहित कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १९ सय १२ पुगेको छ ।
आज ६९९ जना संक्रमणमुक्त भएसँगै देशभर सक्रिय संक्रमितको संख्या घटेर ४ हजार ६८१ मा रहेको छ ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त