हिमाली जिल्ला हुम्ला पनि औँलोकाे जोखिममा

सिमकोट : उच्च हिमाली जिल्ला हुम्लामा औँलोको जोखिम बढेको छ। जिल्लाका अधिकांश बिरामीमा ‘प्लास्पोडियम भाइरिक्स’ नामक औँलो भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ।
स्थानीय स्वास्थ्य संस्थामा जचाउँदा सञ्चाे नभएपछि थप उपचारका लागि ३\४ दिनको पैदल हिँडेर जिल्ला अस्पताल पुगेका सात बिरामीमा औँलो पाइएको हो।
सर्केगाड गाउँपालिका–२ रिपका ९ वर्षीय रोशन महतारा, सर्केगाडका ५५ वर्षीय टोपबहादुर सुनार र सर्केगाड– २ की रतनकला परियारमा औँलो रोग भेटिएकाे जिल्ला स्वास्थ्य कार्यालयका प्रमूख डा. रञ्जितकुमार यादवले जानकारी दिए। यस्तै अदानचुली– ५ का २२ वर्षीय मंग टमटा, २० वर्षीया बेलौरा टमटा, ताँजकोट–३ मैलाकी २६ वर्षीया रमना मल्ल, ताँजकोट– ५ का २१ वर्षीय किशोर बुढामा औँलो रोग लागेको प्रमाणित भएको छ।
‘गत असारदेखि गाउँबाट जिल्ला अस्पताल हुम्लामा रेफर गरिएका बिरामीहरूमा औँलोको जीवाणु भएको ल्याब परीक्षणबाट प्रमाणित भएकाे हाे’, यादवले भने, ‘अन्य बिरामीमा समेत औँलो हुन सक्ने भन्दै जिल्लाको तल्लो र मध्य क्षेत्रमा ‘स्क्रनिङ क्याम्प’ गर्याैँ।’ शिविरमा सहभागी भएकामध्ये सात जनामा औँलो देखिएकाे उनले बताए।
शुरुका बिरामीमा औलो देखा परेपछि बाजुरा, बाँके, सुर्खेतबाट आएका बिरामीसँग सरेर आएको हुनसक्ने शंका गरेको जिल्ला स्वास्थ्यलाई जिल्लाको ताँजकोट, अदानचुली, सर्केगाड र चंखेलीमा सञ्चालन गरेको स्क्रिनिङ शिविरमा भेटिएका सात जनामा इन्डिजिनियस औँलो भेटिएपछि जिल्ला स्वास्थ्य कार्यालय हुम्ला यसकाे उच्च जोखिममा रहेको भन्ने निष्कर्षमा पुगेको हो ।
जिल्लामा औलो रोका बिरामीको संख्या बढ्दै गएको रिर्पोट आउन थालेपछिलगत्तै जिल्ला स्वास्थ्य कार्यालयले मातहतका सबै स्वास्थ्य संस्थामा ‘अलर्ट’ रहन ‘सर्कुलर’ जारी गरेको छ। सरकारले भने न्यून औँलो जोखिममा रहेको भन्दै हुम्लाका स्थानीय तहका स्वास्थ्य संस्थामा औषधिसमेत पठाएकाे छैन।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने