स्वास्थ्यका दृष्टिले यति महत्त्वपूर्ण छ दतिवन
काठमाडौं : ऋषिपञ्चमी विशेषगरी हिन्दु महिलाहरूको विशेष पर्व। यो दिन महिलाहरूले बिहान सबेरै उठी शरीरको शुद्धि गर्ने परम्परा छ। महिलाहरूले ३६५ दतिवनका आँख्लाले दाँत माझ्ने र ३६५ वटै पातले स्नान गर्ने गर्छन्।
दतिवनलाई संस्कृत भाषामा अपामार्ग भनिन्छ। आयुर्वेद उपचार पद्धतिमा यसकाे ठूलाे महत्त्व छ। ऋषिपञ्चमीमा यसरी प्रयाेग गरिने दतिवन स्वास्थ्यका दृष्टिले कति महत्त्वपूर्ण छ त?
आयुर्वेदाचार्य दीक्षित शेषराज आचार्य लेख्छन्, याे वैदिक कालदेखि नै चलनमा आएको वनस्पति हो। अपामार्गले दतिवन गर्दा दाँत बलियो हुन्छ। अपामार्गको बिज दूधमा पकाएर खाँदा मस्तिष्क रोग हटाउँछ। बिजको खीरले १–२ दिनलाई भोक नै हटाइदिन्छ।
अपामार्गको क्षारले मिर्गौलाको पत्थरी झार्छ। यसले बात रोगमा पनि फाइदा गर्छ। २–३ थोपा रस राख्दा कान दुखेको समस्यामा फाइदा गर्छ। अपामार्ग अरू धेरै रोगमा प्रयोग गरिन्छ ।
डा. सम्मोद आचार्य लेख्छन्, हाम्रो परम्परामा धार्मिक रूपले अति नै महत्त्वपूर्ण वनस्पतिका औषधीय गुण पनि ज्यादै धेरै छन्। नियमित रूपमा दतिउनले दाँत माझ्नाले दाँतमा किरा लाग्ने दुख्ने र गिँजा पाक्ने जस्ता दाँतका समस्या हुन पाँउदैनन्।
यो दाँत माज्न मात्रै नभ विभिन्न समस्यामा औषधिका रूपमा पनि प्रयोग हुन्छ। पिसाबका समस्या, पाचनका समस्या, ज्वरो आदिमा पात डाँठ जरा आदि पञ्चाङ्गको काढा पकाएर खाएमा लाभ हुञ्छ।
विषमारकका रूपमा यो अति नै प्रसिद्ध छ। नियमित रूपमा दतिउनले दाँत माज्नाले विच्छी सर्प आदिको विष सजिलै लाग्न नसक्ने कुरा बताइएको छ।
आचार्यद्वयकाे फेसबुकबाट साभार





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’